logo


         En | Np

हाम्रो बारेमा


झोलुङ्गे पुल शाखा (Trail Bridge Section - TBS)  झोलुङ्गे पुल क्षेत्रगत अवधारणा अन्तर्गतको प्रमुख निकाय हो । यो शाखा नेपाल सरकारको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (MOFAGA) , स्थानीय पूर्वाधार विकास (DoLI) अन्तर्गत पर्दछ । 
 
झोलुङ्गे  पुल शाखा (Trail Bridge Section - TBS)  को क्षेत्राधिकार अन्तर्गत झोलुङ्गे पुल निर्माण तथा मर्मतकालागि झोलुङ्गे पुल नीति तथा रणनीति, यस सम्वन्धि परिपत्र तथा निर्देशिका जारि गर्ने, नियम तथा मापदण्ड तय गर्ने, गुणस्तर तथा कार्यक्रम अनुगमन, जिल्ला स्तरको क्षमता अभिवृद्धि, विकेन्द्रिकरण तथा समन्वय प्रवद्र्धन जस्ता कार्य गरि आएको छ ।
 
झोलुङ्गे  पुल शाखा (Trail Bridge Section - TBS)  को प्रमुख वरिष्ठ शाखागत इञ्जिनियर रहने प्रावधान छ, यसका साथै सो शाखामा ४ जना इञ्जिनियर र मातहतमा अन्य कर्मचारीहरु रहेको छ ।