logo


         En | Np

झोलुङ्गे पुल सहयोग इकाई

 
 
 
 
झोलुङ्गे पुल सहयोग इकाईले एक कार्यक्रम कार्यान्वयन अंगको हैसियतले हेल्भेटास स्वीस इन्टरकोअपरेशन स्वीस सरकार विकास सहयोगकालागि झोलुङ्गे पुल  क्षेत्रगत कार्यक्रमलाई प्राविधिक सहयोग प्रदान गर्दछ । 
 
सन् २०१४ नोभेम्बरमा नेपाल सरकार र स्वीस सरकार बीच भएको दुइपक्षिय सम्झौता अनुरुप झोलुङ्गे पुल सहयोग इकार्ई र हेल्भेटास स्वीस इन्टरकोअपरेशनले झोलुङ्गे पुल कार्यक्रमलाई तल उल्लेखित सहयोग गराउँदै आएको छ । 
 
  • झोलुङ्गे पुल सम्वन्धि योजना तर्जूमा, रकम विनियोजन, प्राविधिक, सामाजिक तथा व्यवस्थापकीय गतिविधिहरुको समन्वय
  • झोलुङ्गे पुलको अनुगमन, निरिक्षण र गुणस्तर सुनिश्चितता
  • छोटो तरिको र लामो तरिको झोलुङ्गे पुल स्तरोन्नतिको क्षेत्रमा अनुसन्धान तथा विकास गर्न सहयोग
  • झोलुङ्गे पुल क्षेत्रगत अवधारणाका लागि मापदण्ड तथा दिग्दर्शन विकास

झोलुङ्गे पुल सहयोग इकाईले ७ वटै प्रदेशमा प्राविधिक सहयोग प्रदान गर्दै आएको छ । प्रदेश नं २ लाई विशेष इकाई Special Focus Unit  को रुपमा झोलुङ्गे पुल निर्माणका लागि टि.वि.एस.यू ले स्थानिय सरकारलाई सीधै प्राविधिक सहयोग प्रदान गर्छ भने वॉकि ६ प्रदेशमा क्षेत्रिय प्राविधिक सहयोग प्रदायककोसाथ सहकार्यमा क्षमता अभिवृद्धि र प्राविधिक सहयोगकालागि कर्मचारीहरु काम गर्दै आएका छन् ।