logo


         En | Np

वेलायती अन्तर्राष्ट्रिय सहयोग निकाय (डि.एफ.आई.डि. नेपाल)

Women crossing the Taadibagar bridge in Jumla

वेलायती अन्तर्राष्ट्रिय सहयोग निकाय (डि.एफ.आई.डि. नेपाल) ले नेपालमा झोलुङ्गे पुल कार्यक्रमलाई विभिन्न परियोजनाहरु मार्पत सहयोग गर्दै आइरहेको थियो । 
 
ती मध्ये सन् २०१३ र २०१६ का वीचमा सञ्चालित परियोजना ग्रामीण पहुँच कार्यक्रम (Rural Access Programme) २ र ३ हो । यी २ परियोजना अन्तर्गत मध्य र सुदूर पश्चिमाञ्चल विकास क्षेत्रका ८ जिल्लामा ९४ वटा झोलुङ्गे पुल निर्माणकालागि आर्थिक सहयोग प्रदान गरिसकिएको छ । त्यसै गरि, ग्रामीण पहुँच कार्यक्रम, स्थानीय पूर्वाधार तथा कृषि सडक विकास विभाग र हेल्भेटास स्वीस इन्टरकोअपरेशनका वीच भएको त्रिपक्षीय सम्झौता मुताविक झोलुङ्गे पुल सहयोग इकाईले प्राविधिक सहयोग प्रदान गरेको हो । 
 
ग्रामीण पहुँच कार्यक्रम मार्पmत निर्माण सम्पन्न भएका ९४ झोलुङ्गे पुलवाट १ लाख ६६ हजार ६ सय (५०% विपन्न र उपेक्षित वर्ग) भन्दा वढी मानिसहरु लाभान्वित भएका छन् । पुल निर्माणका क्रममा स्थानीय स्तरमा २ लाख ४६ हजार २ सय व्यक्ति (५०% विपन्न र उपेक्षित वर्ग) वरावरको रोजगारीको अवसर श्रृजना भएको थियो । 
 

For more details visit DFID Page HERE