झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रम नेपाल सरकारको प्रथम प्राथमिकता अन्तर्गतको (Priority-1) कार्यक्रम हो । यस कार्यक्रम देशको सात वटै प्रदेशमा सञ्चालित छ र यो कार्यक्रम झोलुङ्गे पुल रणनीति २००६ र झोलुङ्गे पुल निर्देशिका २०१० वाट निर्देशित छ ।
सन् २००९ देखि यो क्षेत्रगत कार्यक्रम अवधारणा अनुरुप नेपाल सरकारको नेतृत्वमा संचालन भइरहेको छ । यो कार्यक्रमलार्ई स्वीस सरकार विकास सहयोग अन्तर्गत झोलुङ्गे पुल सहयोग इकाई / हेल्भेटास स्वीस इन्टरको अपरेशनबाट प्राविधिक सहयोग दिईदै आएको छ ।
झोलुङ्गे पुल क्षेत्रगत अवधारणा फ्रेमवर्क १ (२००९–२०१४) को पहिलो चरणमा पुल निर्माणको परिमाण वृद्धि हुन गई वार्षिक औसतमा ३०० पुल निर्माण सम्पन्न हुनपुग्यो ( तुलनात्मक रुपमा क्षेत्रगत अवधारणा कार्यन्वयन अघि १५० झोलुङ्गे पुलहरु मात्र निर्माण हुन्थे ) ।
हाल झोलुङ्गे पुल क्षेत्रगत अवधारणा दोश्रो (२०१४-२०१९) अधिन कार्यक्रम कार्यान्वयन भईरहेको छ । नेपाल अधिराज्यको संविधान २०७२ ले आफ्नो गाउँ तथा नगरपालिकाभित्र झोलुङ्गे पुलको योजना तर्जूमा, कार्यान्वयन, अनुगमन तथा मर्मत सम्भार गर्ने अभिभारा सोहि गाउँ तथा नगरपालिकालाई प्रत्यायो छ । गाउँ तथा नगरपालिकाको सभावाट अनुमोदित झोलुङ्गे पुलको मागका आधारमा तहगत सरकारहरुले संघीय अनुदानबाट वा आफ्नो आन्तरिक श्रोतको परिचालन गरी झोलुङ्गे पुल निर्माण गर्दछ ।
झोलुङ्गे पुल क्षेत्रगत अवधारणा दोश्रोको मुख्य दुई प्रतिफलहरु रहेका छन् :
प्रतिफल १
स्थानीय जनता, विशेष गरी विपन्न तथा उपेक्षित वर्गले आधारभूत सेवा (स्वास्थ्य, शिक्षा, वजार तथा रोजगार अवसर) मा सुरक्षित पहँुचका लागि झोलुङ्गे पुल प्रयोग गर्न पाउने छन् । यसलाई थप सहज र विस्तारीत गर्न प्राविधिक सहयोग प्रदायकहरुबाट समेत सेवा उपलब्ध गराइएको छ ।
प्रतिफल २
झोलुङ्गे पुल निर्माण तथा मर्मतकालागि झोलुङ्गे पुल रणनीति तथा स्थानीय पूर्वाधार विकास नीति प्रयोगमा ल्याएका हुनेछन् ।
सन् २०१४ वाट क्षेत्रगत अवधारणाको दोश्रो चरण (क्षेत्रगत अवधारणा फ्रेमवर्क २ : २०१४–२०१९) शुरु भएको हो । यो अवधिमा २,५०० नयाँ झोलुङ्गे पुलको निर्माण, ८०० पुलको पुनःस्थापना तथा ६,५०० पुलहरुको नियमित मर्मतकालागि सहयोग गर्ने लक्ष्य रहेको छ ।
हाल नेपालमा ९,५०० भन्दा वढि झोलुङ्गे पुलहरुको निर्माण भइसकेका छन् ।यो झोलुङ्ग पुलहरुको निमार्णले ग्रामीण इलाकाका १७० लाखभन्दा वढी व्यक्तिहरु (जसमध्ये ५२% सामाजिक रुपमा उपेक्षित र आर्थिक रुपमा विपन्न वर्गका छन्) लाई सुरक्षित तवरले नदि वारपार गर्न सहज भएको छ । हरेक दिन करिव १८ लाखभन्दा वढी व्यक्तिहरुले झोलुङ्गे पुलवाट नदी तर्हन आवतजावत गर्दछन् । यसले गर्दा प्रत्येक दिन वालवालिकाहरु विद्यालय जाँदा आउँदा हुनसक्ने जीवनको जोखिम कम भएको छ, विरामीहरुले स्वास्थ्य सेवा लिनकालागि लामो फेरो तय गर्नुपरेको छैन, विशेषत महिलाहरुका दैनिक काम जस्तैः घाँसपात, दाउरा संकलनकालागि लाग्ने समय कम भएको छ । तुलनात्मक रुपमा कम जोखिमयुक्त हुन पुगेको छ । वजारसम्मको पहुँच सहज भएको छ ।