logo


         En | Np

जोखिम मोलेर वारपार गर्ने खोलाहरुमा झोलुङ्गे पुल निर्माण


(Source: http://www.newsofnepal.com/2018/06/28/113918/)

रुकुम पुर्वको भुमे गाँउपालिका १ की आसा पुन हाल कक्षा ७ मा पढीरहेकी छन् । गत बर्ष घरबाट बिद्यालय जाँदा लुकुम खोलामा काठको साँघु तर्दा हातबाट किताव खसालिन् ।
 
साँघुको छेउमा चिप्लीएको कारण उनलाई त केही भएन तर हातको किताव सबै खोलाले बगायो । उनी मात्र होइन उनी जस्ता धेरै बिद्यार्थी र अन्य स्थानीयबासीका लागी काठको साँघु तर्नै पर्ने बाध्यता थियो । लुकुमकै भुला घर्तीले पनि घाँसको भारी बोकेर खोला तर्दा खोलामा चिप्लीएर घाँस सबै बगाएको अनुभव सुनाउँछिन् ।
 
हरेक जसो बर्षातको समयमा दैनिक काम गर्दा समस्या हुने रुकुम पुर्वका बिभिन्न खोलाहरुमा यस बर्ष ११ वटा झोलुङ्गे पुल निर्माण भएका छन् । बर्षातको समयमा जोखिम मोलेर वारपार गरिरहेका आसा जस्ता बिद्यार्थी र भुला जस्ता स्थानीयका लागी यस बर्षको बर्षातको समयदेखी त्यस्तो बाध्यताको अन्त्य भएको छ ।
 
सेवा प्रतिष्ठान नेपालको प्राबिधिक र सामाजिक सहयोगमा तथा नेपाल सरकारको झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रमद्धारा रुकुम पुर्वमा यस बर्ष ११ वटा झोलुङ्गे पुल निर्माण भएका हुन्् । सेवा प्रतिष्ठान नेपाल रुकुमका कार्यक्रम व्यवस्थापक रणबिर रावलले लक्ष्य अनुसार यस बर्ष १०० प्रतिशत काम सम्पन्न गरेको बताउनुभयो ।
 
<<READ MORE>>