logo


         En | Np

गुल्मीको सिमलटारीमा तालिमसंगै नमुना पुल निर्माण

गुल्मीको मालिका गाउँपालिका ८ को सिमलटारी स्थित छल्दीखोलामा निर्माण गरिएको नमुना झोलुङ्गे पुल ।
Photo Credit: GulmiNews

गुल्मीमा नमुना झोलुङ्गे पुल निर्माण गरिएको छ । जिल्ला प्राविधिक कार्यालय गुल्मी द्धारा सन्चालित क्षेत्रगत कार्यक्रम अन्र्तगत निर्माणधिन अवस्थामा रहेका आठ वटा झोलुङ्गे पुलका ३२ जना सहभागीहरुले आठ दिन लगाएर एउटा नमुना पुल तयार गरेका हुन् । तालिमसंगै जनशक्ति उत्पादन र काममा थप सहज बनाउने उदेश्यले उनीहरुबाटै पुल निर्माण गरिएको सेवक नेपाल नेपालगन्जका प्राविधीक अधिकृत नारायण प्रसाद डाँगीले बताए ।

निर्माणाधिन आठवटै पुलवाट उपभोक्ता समितिका दुई जना र पुल मिस्त्रीवाट दुई जना गरी आठवटा पुलका ३२ जनाले पुल निर्माण गरेका हुन् । मालिका गाउँपालिका ८ को सिमलटारी स्थित छल्दीखोलामा निर्माण भएको नमुना पुल हेर्नेहरुको भिड नै लागेको स्थानीय कमल नेपालीले बताए । तालिम समापन कार्यक्रममा वोल्दै कार्यक्रमका प्रमुख अतिथी मालिका गाउँपालिका ८ का वडाअध्यक्ष टीका जि.सी.ले तालिम अत्यन्तै व्यावहारिक भएको प्रतिक्रिया दिए । ‘पुल मिस्त्री र उपभोक्ता समितिसगै राखेर तालिम दिँदा र पुल नै निर्माण गर्नुले धेरै राम्रो भयो,’उनले भने,‘यो तालिमपछि काममा थप हौसला र मजवुति देखिने छ ।’

<<READ MORE>>