logo


         En | Np

तीन घण्टाको बाटो तीस मिनेटमा छोटियो

बेग र बाँदुक गाउँ जोड्ने झोलुङ्गे पुल निर्माण भएपछि भिर, जंगल र खोल्साखाल्सी भएको बाटोमा घुमाउरो यात्रा गर्नुपर्ने बाध्यता हट्नुका साथै यात्रा अवधि छोटिएको हो । तीन घण्टाको घुमाउरो बाटो पुल बनेपछि ३० मिनेटमा छोटिएको उपभोक्ता समितिका अध्यक्ष नेत्र पुनले बताए ।

लामो पुलको अवलोकन गर्न आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल पनि बढ्न थालेको छ । भौगोलिक विकटताका कारण छिमेकी वडा भुरुङ तातोपानी र हिस्तानको विद्यालयमा पढ्न जानुपर्ने बादुक र तिप्ल्याङ गाउँका बालबालिकाको बाध्यतासमेत हटेको छ ।

बादुक र तिप्ल्याङ गाउँका बासिन्दालाई बेग देउरालीस्थित वडा कार्यालय, स्वास्थ्य चौकीको सेवा लिन र विद्यालयमा पढ्न जान आउन सहज भएको पुनले बताउनुभयो । विसं २०७३ भदौदेखि शुरु भएको पुल निर्माण कार्यले पूर्णता पाएपछि २०७५ वैशाखदेखि आवतजावतका लागि खुल्ला गरिएको छ ।

<<READ MORE>>