logo


         En | Np

यस्तो छ बेगखोलामा बनेको नेपालकै लामो झोलुङ्गे पुल (भिडियो)

साविकको धौलागिरि अञ्चलको पर्वत र बागलुङमा निर्माण सम्पन्न भएका पुलहरूमा सबैभन्दा लामो पुल भएको मानिएको बेगखोला–बादु्क जोड्ने पुलको निर्माणकार्य सम्पन्न भएपनि आवतजावत गर्न खुल्ला गरिएपछि म्याग्दीका साथै मुस्ताङ घुम्न जानेहरु समेत पुलमा पुग्न थालेपछि पुल आन्तरिक पर्यटकको रोजाईमा पर्न थालेको हो ।

कुल ३ करोड ३२ लाख लागतमा निर्माण हुन लागेको पुल ३ सय ६५.८० मिटर लम्बाई रहेको छ । साविकको बेगखोला गाविसमा रहेका १–६ र बादुकका ७,८ र ९ वडाका बासिन्दालाई पुलको निर्माण भएपछि सहज भएपनि यसले आन्तरिक पर्यटकलाई समेत आर्कषित गरेको पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष नेत्र बहादुर पुनले बेनीअनलाइनलाई बताए ।

उनका अनुसार पुलमा रघुगंगा गाउँपालिका अन्र्तरगतका बस्तीबाट समेत विदामा आउने गरेका छन भने मुस्ताङ घुम्न जानेहरुले समेत मोटरसाईकलबाट बेगखोला बजार हुदै हरित कृषि सडक र तिप्लाङको भिसी मार्गबाट पुलमा पुग्ने गरेको बताए । भौगोलिक विकटताका कारण बादुकबाट बेगखोलामा माध्यामिक तहको शिक्षा, स्वास्थ्य सेवा, वडास्तरका सेवासुविधा लिन समेत दैनिक तीन घण्टाको पैदल यात्रा गर्नुपर्ने बाध्यता रहेको थियो ।

<<READ MORE>>